कजारिया रमेश टायल्सको ब्रान्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझी

कजारिया रमेश टायल्सको ब्रान्ड एम्बेसडरमा अभिनेत्री दिव्या रायमाझी

काठमाडौं : नेपालको प्रिमियम टायल्स उत्पादक कजारिया रमेश टायल्स लिमिटेडले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित वार्षिक कार्यक्रम ‘आर्क एन्ड औरा’ को अवसरमा कम्पनीले सो घोषणा गरेको हो।

कम्पनीका निर्देशक सञ्जय अग्रवालले कम्पनीका बोर्ड सदस्य, उद्योगकर्मी, साझेदारहरू तथा सम्मानित ग्राहकहरूको उपस्थितिमा यो घोषणा गरेका हुन्।

कार्यक्रममा निर्देशक अग्रवालले दिव्या रायमाझी नै ब्रान्डका लागि किन उपयुक्त छनोट हुन् भन्नेबारे प्रकाश पार्दै भने, ‘दिव्याले हाम्रो ब्रान्डको मूल मूल्य-मान्यता, युवा ऊर्जा, जीवन्त व्यक्तित्व र प्रेरणादायी उपस्थितिलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँको जोशीलो र आकर्षक व्यक्तित्व हाम्रो नवीन सोच, शैली र गुणस्तरसँग मेल खान्छ। मनोरञ्जन क्षेत्रमा उहाँको यात्राले हाम्रो उत्कृष्टता र नेतृत्वप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।’

आफ्नो मनमोहक अभिनय र आकर्षक उपस्थितिका लागि परिचित दिव्या रायमाझीले अब कजारिया रमेश टायल्सको आगामी अभियानहरूमा ब्रान्डको आधुनिक र सदाबहार पहिचानको प्रतिनिधित्व गर्नेछिन्।

कार्यक्रममा कम्पनीका नयाँ टायल संग्रहहरू र नवीन डिजाइनहरू प्रदर्शन गरिएको थियो। साथै, आधुनिक उत्पादन प्रविधि र प्रिमियम सामग्रीमार्फत नेपालको टायल उद्योगलाई अघि बढाउने प्रतिबद्धता पनि पुनः पुष्टि गरियो।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरी नेपाली टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्डअनुसार अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रमेश टायल्सले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ।

कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रिफाइड टायल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल्स (४०x४० सेमी) र सेरामिक वाल टायल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायल्सहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।

भदौ २, २०८२ सोमबार १३:३७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।