
पहिरोले अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा, सवारी आवागमन सुचारु

खलङ्गा : आइतबार राति परेको अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको महाकाली राजमार्ग सोमबार बिहानदेखि सञ्चालनमा आएको छ।
पहिरो पन्छाइएपछि रोकिएका सवारी साधन चल्न थालेका छन् भने अलपत्र परेका यात्रुहरू गन्तव्यतर्फ लागेका छन्।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार राजमार्गको गोकुलेश्वर-दार्चुला सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिका-३ स्थित तेर्छालेक र शैल्यशिखर नगरपालिका-६ को रनेबासमा पहिरो खसेको थियो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पहिरो पन्छाइएसँगै बिहान करिब ११ बजेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिए।
राजमार्ग खुलेपछि सवारी आवागमन सहज बनेको छ।
भदौ २, २०८२ सोमबार ११:४२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।