लगातारको गिरावटपछि सुनको भाउ बढ्यो, आज तोलामा ८०० रुपैयाँले वृद्धि

लगातारको गिरावटपछि सुनको भाउ बढ्यो, आज तोलामा ८०० रुपैयाँले वृद्धि

काठमाडौं : पछिल्ला केही दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा साताको तेस्रो कारोबार दिन मंगलबार सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो।

यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार यसको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ थियो।

पछिल्ला दिनहरूमा सुनको भाउ निरन्तर ओरालो लागेको थियो। गत शुक्रबार तोलामा ६०० रुपैयाँ र आइतबार थप ७०० रुपैयाँले मूल्य घटेको थियो।

गत साउन २३ गते छापावाल सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राख्दै प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको थियो। त्यसयता आजको मूल्यसम्म आइपुग्दा सुनको भाउमा ३ हजार १०० रुपैयाँको गिरावट आइसकेको छ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ।

भदौ २, २०८२ सोमबार ११:२५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।