दार्चुला-गोकुेलेश्वर सडकमा पहिरो, तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध

दार्चुला-गोकुेलेश्वर सडकमा पहिरो, तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध
सांकेतिक तस्बिर

खलङ्गा : पहिरोले दार्चुला-गोकुेलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास  क्षेत्र अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज विहानदेखि शैल्यशिखर नगरपालिका-६ र मालिकार्जुन गाउँपालिका-३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ।

निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ।

गोकुलेश्वरबाट उपकरण  पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए।

जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन्।

भदौ २, २०८२ सोमबार ०९:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।