
टप एन्ड टी-२० सिरिजमा नेपाललाई १७६ रनको लक्ष्य

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जितका लागि १७६ रनको लक्ष्य पाएको छ।
डार्विनस्थित टीआईओ रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्न स्टार्स एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल तयार पार्यो।
मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रनको योगदान दिए भने थोमस रोजर्सले ६५ रन जोडे। यी दुई ब्याट्सम्यानबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक तीन विकेट लिए। त्यसैगरी, सोमपाल कामी र शाहब आलमले एक-एक विकेट हात पारे।
१७६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।
भदौ २, २०८२ सोमबार ०९:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।