
सोमबार ०२ भदौ, २०८२
मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं : अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गतको खेलमा नेपालले मेलबर्न स्टार्सविरुद्ध फिल्डिङ गरिरहेको छ।
डार्बिनमा मेलबर्नले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गरेहो हो। जारी सिरिजमा नेपालको यो तेस्रो खेल हो। नेपालले यसअघि खेलेका दुवै खेलमा हार ब्यहोरेको छ।
नेपालले यसअघि बंगलादेश ए सँग र एनटी स्ट्राइकसँग हार बेहोरेको थियो। त्यस्तै मेलवर्न स्टार्सले यसअघि खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ।
भदौ २, २०८२ सोमबार ०७:५७:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।