हुम्ला सर्केगाड गाउँपालिका अध्यक्ष रोकायाविरुद्धको १९ लाख हिनामिनाको मुद्दा सर्वोच्चमा

हुम्ला सर्केगाड गाउँपालिका अध्यक्ष रोकायाविरुद्धको १९ लाख हिनामिनाको मुद्दा सर्वोच्चमा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला सर्केगाड गाउँपालिका अध्यक्ष कृष्ण रोकाया र अन्य प्रतिवादीविरुद्ध दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

आयोगका अनुसार रोकाया र अन्यले गलत कार्यसम्पादन प्रतिवेदन तयार गरी वास्तविक कामभन्दा बढी देखाउँदै रु. १९,५०,००० हिनामिना गरेका थिए। यस आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र १७ अनुसार कैद तथा जरिवाना तोक्न माग गरेको थियो। साथै, दफा १९ को उपदफा २ अनुसारको कसूरसमेत आरोपपत्रमा समावेश गरिएको थियो।

विशेष अदालत काठमाडौंले २०८१।०९।१६ मा गरेको फैसलामा रोकायालाई आंशिक रूपमा सफाइ दिएको थियो। तर, अख्तियारले उक्त फैसलाप्रति असन्तुष्टि जनाउँदै २०८२।०५।०१ मा सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

भदौ १, २०८२ आइतबार २०:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।