सामसङ नेपालको प्रिमियम क्यूएलइडी टिभी लाइनअप सार्वजनिक

काठमाडौं : सामसङ नेपालले २०२५ का लागि आफ्नो नयाँ प्रिमियम क्यूएलइडी टिभी लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले यसपटक प्रस्तुत गरेको ‘सामसङ भिजन एआई’ प्रविधि नेपाली उपभोक्ताका लागि अभूतपूर्व होम इन्टरटेन्मेन्ट अनुभव दिने दाबी गरेको छ।
एआई क्षमतासहितको यो टिभीले केवल दृश्य र ध्वनि मात्र होइन, प्रयोगकर्ताको बानी र प्राथमिकता अनुसार आफूलाई अनुकूल बनाउने क्षमता बोकेको छ।
सामसङ नेपालका सीइ बिजनेस हेड मिलनकुमार झाका अनुसार, ‘सामसङ भिजन एआईले व्यक्तिगत र एआई-समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरु गरेको छ। यहाँ सामग्रीभन्दा प्रयोगकर्ताको प्राथमिकतालाई बढी महत्त्व दिइएको छ।’
यस लाइनअपमा प्रयोग गरिएको अत्याधुनिक एआई प्रविधिले कन्टेन्टलाई वास्तविक समयमा वातावरणअनुसार मिलाउने, प्रयोगकर्ताको रोजाइ सिकेर सुझाव दिने र विभिन्न स्मार्ट उपकरणसँग सहजै जडान गर्ने सुविधा उपलब्ध गराउँछ। ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने उद्देश्यसहित कम्पनीले यसमा जेस्चर कन्ट्रोल, एआई अपस्केलिङ, जेनरेटिभ वलपेपर, स्मार्टथिङ्समार्फत ऊर्जा र सुरक्षा निगरानी, तथा परिवार र घरपालुवा जनावरको गतिविधि चिन्नेसम्मका सुविधा थपेको छ।
नयाँ टिभीहरूमा बिल्ट–इन स्मार्टथिङ्स हब पनि उपलब्ध छ, जसले टिभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ। साथै, सामसङ नक्स्प्लाटफर्ममार्फत प्रयोगकर्ताको डेटा र गोपनीयतालाई उच्चस्तरीय सुरक्षा प्रदान गरिएको छ।
उद्योगमै पहिलोपटक सामसङले आफ्ना एआई टिभीमा सात वर्षसम्म निःशुल्क ओएस अपग्रेड दिने घोषणा पनि गरेको छ। यसले प्रयोगकर्तालाई लामो समयसम्म नयाँ फिचर र सुरक्षा सुधारसहितको अद्यावधिक अनुभव सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
भदौ १, २०८२ आइतबार १९:२१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।