जस्मिन पेन्ट्सको ‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ उपहार योजना घोषणा

काठमाडौं : जस्मिन पेन्ट्सले यस वर्ष पनि ग्राहक लक्षित उपहार योजना सार्वजनिक गरेको छ। “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” नामक यो योजना यही भदौ १ गतेदेखि सुरु भई आगामी कार्तिक ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
योजनाअनुसार ग्राहकहरूले नजिकैका डिलरमार्फत कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिद गर्दा एक लक्की ड्र कुपन पाउनेछन्। प्राप्त कुपनमार्फत लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक उपहार जित्न सकिनेछ। लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत हुनेछ।
यस योजनामार्फत कुल १,०८२ जना विजेताले उपहार प्राप्त गर्नेछन्। जसअन्तर्गत १ जनाले जापान भ्रमणको बम्पर उपहार पाउनेछन् भने ७५ जनाले डिनर सेट, १०५ जनाले इलेक्ट्रिक हिटर, १५१ जनाले आइरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्ने अवसर पाउनेछन्।
विगत ३१ वर्षदेखि “नेपाली मनको रङ” भन्ने स्लोगनसहित निरन्तर सेवा दिँदै आएको जस्मिन पेन्ट्सले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेको छ। कम्पनीका अनुसार, घर रङरोगनको लागि नेपाली ग्राहकहरूको पहिलो रोजाइमा आफूलाई स्थापित गर्न यस योजनाले थप योगदान गर्नेछ।
भदौ १, २०८२ आइतबार १८:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।