कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित १७ वर्षीय किशोर पक्राउ

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित १७ वर्षीय किशोर पक्राउ

बाँके : नेपालगञ्ज उपमहानगरपालिका-४ बसपार्क क्षेत्रमा प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले गए राति पुष्पलाल चोकबाट बसपार्कतर्फ आउँदै गरेको ने.१ ह ४५०२ नम्बरको ई-रिक्सामा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा पेस्तोल र गोली फेला पारेको हो।

पक्राउ पर्नेमा उपमहानगरपालिका-९ बस्ने १७ वर्षीय किशोरसहित दुई जना रहेका छन्।

हाल उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

भदौ १, २०८२ आइतबार १७:१८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।