बैंकिङ कसुरमा पक्राउ परे गुण्डा नाइके राजु गोर्खाली

बैंकिङ कसुरमा पक्राउ परे गुण्डा नाइके राजु गोर्खाली

काठमाडौं : प्रहरीले गुन्डा नाइकेको रुपमा चिनिने राजेन्द्रबहादुर गोर्खाली उर्फ राजु गोर्खालीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो। उनलाई चन्द्रगिरी क्षेत्रबाट आइतबार पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान जारी छ।

उनी कांग्रेसको राजनीतिमा लागे पनि पछिल्लो समय निष्क्रिय देखिन्छन्। २०५९ मा राजन लिम्बुको हत्या गरेको अभियोग लागेसँगै लामो समय फरार भएर पक्राउ परेका उनी सजाय काटेर रिहा भएपछि अस्पताल लगायतको व्यवसायमा संलग्न छन्।

यो पनि पढ्नुहोसः 

भदौ १, २०८२ आइतबार १६:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।