भारतीय विदेश सचिव मिश्रीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटे

भारतीय विदेश सचिव मिश्रीले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन्।

आइतबार काठमाडौं आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।

मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आएका हुन्।

भदौ १, २०८२ आइतबार १४:३९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।