ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बाट सम्मानित
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२४’ बाट सम्मानित भएको छ। यो अवार्डसँगै बैंक तेस्रो पटक नेपालको उत्कृष्ट बैंक घोषित भएको हो।
सन् १९९२ मा युरोमनी म्यागजिनद्वारा स्थापित यो अवार्ड विश्वको बैंकिङ क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कारहरूमध्ये एक मानिन्छ।
बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको उत्कृष्ट सेवा, सबल वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, बैंकिङ क्षेत्रमा भित्र्याएको नवीनतम प्रविधि तथा वातावरणीय, सामाजिक र सुशासनमा गरेको लगानी जस्ता उत्कृष्ट कार्यसम्पादनका आधारमा यो अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि प्रख्यात छ। युरोमनी समूहमा बैंकिङ तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त र अनुभवी विश्लेषकहरू संलग्न छन्, जसले बैंकहरूको गहन मूल्यांकन गर्दछन्।
ग्लोबल आइएमई बैंकले यसअघि सन् २०२२ र २०२३ मा पनि ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ प्राप्त गरेको थियो। यसका साथै, बैंकले ‘ग्लोबल फाइनान्स’ जस्ता अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि पटक-पटक ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गर्दै आएको छ।
भदौ १, २०८२ आइतबार ११:१५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।