सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं : साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ।

गत साताको अन्तिम दिनको तुलनामा यो साताको पहिलो दिन सुन तोलामा सात सय रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँ कम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँ कायम भएको थियो।

यस्तै चाँदी आज तोलाको दुई हजार तीन सय १० रुपैयाँमा कारोबार हुँदा शुक्रबार तोलाको दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनसँगै नेपालमा पनि सुनको मूल्य घटबढ हुने गर्छ।

भदौ १, २०८२ आइतबार १०:५५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।