दुई दिने भ्रमणका लागि भारतीय विदेश सचिव काठमाडौंमा

काठमाडौं : भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका छन्।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आएको परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुनेछ।
यहाँ रहँदा भारती विदेश सचिव मिश्रीले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्ने तालिका छ।
भदौ १, २०८२ आइतबार १०:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।