नारायणगढ-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो, सडक अवरुद्ध

फाइल तस्बिर
भरतपुर : सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।
सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जानकारी दिए।
पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।
भदौ १, २०८२ आइतबार ०६:५६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।