अवरुद्ध त्रिभुवन राजपथ खुल्यो

मकवानपुर : काठमाडौं-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।
गएराति ठूलो ढुङ्गा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौं जाने मार्गको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजे ढुङ्गासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ। पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।
साउन ३१, २०८२ शनिबार २०:४१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।