रविले भने-'यिनीहरूले मंगलग्रह लगेपनि डराउँदिन, अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण झै बन्नुपर्नेछ'

रविले भने-'यिनीहरूले मंगलग्रह लगेपनि डराउँदिन, अब कृष्ण जन्मिने छैन, जन्मेकाहरू नै कृष्ण झै बन्नुपर्नेछ'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू बसेको कोठाको भित्तामा केही सन्देश लेखेर आएको बताएका छन्।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झासँग भएको छोटो कुराकानीमा लामिछानेले यसबारे जानकारी दिएको प्रवत्ता झाले जानकारी दिए।

लामिछानेलाई उदृद गर्दै झाले सामाजिक सञ्जालमा लेखेका छन्, 'म बसेको कारागारको भित्तामा मैले लेखेर आएको छु-अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण झै बन्नुपर्नेछ।'

त्यसैगरी, उनले राजनीतिक प्रतिशोधका कारण आफूलाई जहाँसुकै पुर्याए पनि नडराउने बताएको झाले बताए। 'राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन। यो मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन्, जहाँ सक्छन् लगून्, केही फरक पर्दैन,' लामिछानेको भनाइ झाले सुनाए।

लामिछाने १२६ दिन भैरहवा कारागारमा बसेपछि आज नख्खु कारागारतर्फ सारिँदै छन्।

साउन ३१, २०८२ शनिबार १७:३६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।