भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै

भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै

काठमाडौं : परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन्। मिश्री आइतबार काठमाडौं उत्रिने छन्। 

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

काठमाडौंमा रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन्। उनी सोमबार काठमाडौंबाट फर्कने तय भएको छ। 

साउन ३१, २०८२ शनिबार १६:१३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।