टप एन्ड टी-२० सिरिज : टस हारेर बंगलादेश ‘ए’विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं : अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश भिड्दै छन्। आफ्नो पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो।
जारी खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ। यस्तै, तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेस बम रहेका छन्।
साउन ३१, २०८२ शनिबार १५:१२:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।