झुम्का कारागारबाट भागेका कैदी बिर्तामोडबाट पक्राउ

काठमाडौं : तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्लाको बिर्तामोड नगरपालिका १०, बिराटपोखरस्थित आफन्तको घरबाट पक्राउ गरिएको जानकारी दिए।
जबरजस्ती करणी कसूरमा कारागारमा सजाय भोगिरहेका पौडेल खत्रीलाई प्रहरीले पक्राउ गरी थप कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ। जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद सजाय पाएका खत्रीले एक बर्ष कैद भुक्तान गरेका छन्।
साउन ३१, २०८२ शनिबार १४:५१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।