खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्ग खुल्यो

खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्ग खुल्यो
File Photo

बाजुरा : शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोला बढेपछि अवरुद्ध भएको साँफे-मार्तडी राजमार्गमा यातायात सञ्चालनमा आएको छ।

जिल्ला सदरमुकाम जोड्ने राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-४ रिलाको खोलामा वर्षापछि पहिरो खस्दा यातायात ठप्प भएको थियो। 

अहिले राजमार्गमा जेसिभीको सहयोगले पहिरो पन्छ्याएपछि यातायात सुरु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए। 

साउन ३१, २०८२ शनिबार १४:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।