कागबेनी-छुसाङ सडक कालोपत्र सुरू

मुस्ताङ : उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-छुसाङ खण्ड कालोपत्र सुरू भएको छ।
पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले बताए।
यो सडक कालोपत्र गर्न रु २८ करोड ८७ लाख विनियोजन गरिएको छ। यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ।
प्रमुख झाका अनुसार कागबेनी-छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ।
साउन ३१, २०८२ शनिबार १३:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।