बस नदीमा खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

बस नदीमा खस्दा अल्जेरियामा १८ जनाको मृत्यु

एजेन्सी : अल्जेरियाको राजधानी नजिकै एउटा बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ।

यस दुर्घटनामा धेरै जना घाइते भएका छन्, जसलाई अस्पताल लगिएको छ। ती मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

शुक्रबार साँझ भएको दुर्घटनापछि अबेर रातिसम्म पानीमा उद्धार कार्य चलाइएको थियो।

अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनेले मृतकका परिवारप्रति समवेदना व्यक्त गरे

साउन ३१, २०८२ शनिबार ११:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।