इन्डोनेसियामा विद्यालयको खानाले ३६५ जना बिरामी,  राष्ट्रपतिको महत्त्वाकांक्षी योजनामाथि प्रश्न

इन्डोनेसियामा विद्यालयको खानाले ३६५ जना बिरामी,  राष्ट्रपतिको महत्त्वाकांक्षी योजनामाथि प्रश्न

एजेन्सी : इन्डोनेसियाको एक शहरमा विद्यालयमा वितरण गरिएको खाना खाँदा करिब ३६५ जना बिरामी परेका छन्।

यो घटना राष्ट्रपति प्रबोवो सुबियान्तोको महत्त्वाकांक्षी निःशुल्क भोजन कार्यक्रममा भएको ‘फुड प्वाइजनिङ’को सबैभन्दा ठूलो घटना हो।

स्थानीय अधिकारीहरूका अनुसार, मध्य जाभाको सरागेन शहरमा खाना वितरण अस्थायी रूपमा रोकिएको छ। खाना विषाक्तताको कारण पत्ता लगाउन नमूना संकलन गरी अनुसन्धान थालिएको छ।

राष्ट्रपति सुबियान्तोले देशमा कुपोषण र पुड्कोपनाको समस्यासँग जुध्न निःशुल्क भोजन कार्यक्रमको वाचा गरेका थिए।

करिब २८ अर्ब डलर लागत अनुमान गरिएको यस कार्यक्रमको लक्ष्य देशभरका ८ करोड बालबालिकालाई खाना उपलब्ध गराउनु हो।

सरकारले यस कार्यक्रममा ठूलो रकम खर्च गरिरहेको छ, जसका कारण अन्य मन्त्रालयहरूको बजेटमा समेत कटौती गरिएको छ।

यस वर्षको जनवरीमा यो महत्त्वाकांक्षी कार्यक्रम सुरू भएयता देशभर एक हजारभन्दा बढी मानिस बिरामी भइसकेका छन्। यस कारण सरकारले आलोचनासमेत खेप्नुपरेको छ।

साउन ३१, २०८२ शनिबार ०८:०७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।