पेट्रोलको मूल्य बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
शुक्रबार विज्ञप्ति जारी गर्दै निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरिएको जनाएको हो।
नयाँ दर अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले सस्तो भएको छ।
निगमका अनुसार आज राति १२ बजेदेखि यो मूल्य लागू हुनेछ।
साउन ३०, २०८२ शुक्रबार २१:४१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।