एनआईसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं : एनआईसी एसिया बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स बीच सम्झौता सम्पन्न भएको छ। जसअन्तर्गत बैंकका ग्राहकले स्वास्थ्य उपचार सेवामा विशेष छुट पाउने भएका छन्।
यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौंस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा डिजिटल भुक्तानीमार्फत सेवा लिँदा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
छुट सुविधा उपलब्ध हुने सेवामा इनहाउस प्याथोलोजी, आउटसोर्सिङ टेष्ट, रेडियोलोजी, एम्बुलेन्स, जनरल बेड चार्ज, आइसीयु र सर्जरी चार्ज समावेश छन्।
बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष सहयोग गर्नुका साथै डिजिटल भुक्तानी र नगदरहित कारोबार प्रवर्द्धन गर्न पनि मद्दत पुर्याउने विश्वास लिइएको छ।
साउन ३०, २०८२ शुक्रबार १९:४८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।