पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रात्रिकालीन सवारीलाई रोक

पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा रात्रिकालीन सवारीलाई रोक
Filephoto

रामेछाप : वर्षातका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग-भकुण्डेवेशी हुँदै सिन्धुली तर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार मनसुन सक्रिय रहेकाले बाढी र पहिरोको सम्भावना उच्च छ। यात्रुको सुरक्षा सुनिश्चित गर्न २०८२ भदौ १ देखि १५ गतेसम्म, साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लाग्ने निर्णय गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ कि सम्बन्धित सबैले यस अवधिमा यात्रा नगरी वैकल्पिक मार्ग वा व्यवस्था अपनाउन आग्रह गरिएको छ।

‘बीपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग-भकुण्डेवेशी हुँदै सिन्धुली तर्फ जाने सबै सार्वजनिक तथा निजी सवारी साधनलाई भदौ १ देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको छ। सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ। 

साउन ३०, २०८२ शुक्रबार १९:१३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।