चक्रे मिलनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

चक्रे मिलनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं : भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

कुटपिट र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

दुई दिन अघि काठमाडौं जिल्ला अदालतबाट ३० हजार धरौटीमा छुटेका चक्रे मिलनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो। 

साउन १६ गते महाराजगञ्जस्थित होटल साम्बालाको आठौँ तल्लामा जन्मदिनको पार्टी मनाइरहेको अवस्थामा उनीसहित ४७ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो। 

सम्बन्धित समाचार

साउन ३०, २०८२ शुक्रबार १६:३०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।