‘मर्निङ वाक’मा गएकी महिलाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा : जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका-१ कि महिलाको मृत्यु भएको छ।
यही साउन ११ गते दमक-१ को बरगाछीस्थित सडकमा बिहान ४ः३० बजे ‘मर्निङ वाक’मा जाँदै गर्दा जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी ४६ वर्षीया सुनिता राईको उपचारका क्रममा आज बिहान विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो।
बिहान करिब ४ः१५ बजे सुनितासँगै उनकी बहिनी कविता राईलाई हात्तीले आक्रमण गरी घाइते बनाएको थियो। प्र
हरी कार्यालय दमकका प्रहरी निरीक्षक नवीन राईका अनुसार हात्तीको आक्रमणबाट घाइते दुवैलाई दमक अस्पतालमा उपचारपछि विराटनगर पठाइएको थियो। घाइते कविताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साउन ३०, २०८२ शुक्रबार १४:३३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।