खेतको मोटरमा करेन्ट लाग्दा १६ वर्षीय युवकको मृत्यु

खेतको मोटरमा करेन्ट लाग्दा १६ वर्षीय युवकको मृत्यु

रौतहट : जिल्लामा खेतको मोटरमा करेन्ट लाग्दा १६ वर्षीय युवकको मृत्यु भएको छ।

परोहा नगरपालिका-६ बसन्तपट्टी टोल बस्ने १६ वर्षीय राहुल कुमार पंडितको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो।

आफ्नै खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडहीमाई हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन ३०, २०८२ शुक्रबार १४:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।