सप्तरीमा ९८ किलो गाँजा बरामद

सप्तरीमा ९८ किलो गाँजा बरामद

सप्तरी : सप्तरीको सुरुङ्गा नगरपालिका-११ स्थित बिहुल खोला नजिकैको एक बगैँचाबाट ९८ किलोग्राम अवैध गाँजा बरामद गरिएको छ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले बिहीबार उक्त गाँजा बेवारिसे अवस्थामा फेला पारेको हो।

सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमान्डमा खटिएको टोलीले ५ वटा पोकामा प्याक गरेर राखिएको गाँजा बरामद गरेको थियो।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

साउन ३०, २०८२ शुक्रबार १३:१९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।