कांग्रेसको कार्यक्रममा बुच्चे नक्सा

काठमाडौं : नेपाली कांग्रेसको कार्यक्रममा बुच्चे नक्सा प्रयोग भएको छ।
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आज भएको नेपाल मगर संघको तेस्रो महाधिवेशनमा बुच्चे नक्सा प्रयोग भएको हो।
पार्टी सभापति शेरबहादुर देउवाको आधिकारिक एक्स ह्यान्डलबाट सार्वजनिक तस्बिरमा बुच्चे नक्सा प्रयोग भएको देखिएको छ।
सभापछि देउवाले आफूले संघको कार्यक्रम उद्घाटन गरेको समेत जानकारी दिएका छन्। राष्ट्रिय गानका क्रममा संघले बुच्चे नक्सा प्रयोग गरेको हो।
२०७७ जेठ ७ गते नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ चुच्चे नक्सा जारी गरेको थियो।
नेपाल राष्ट्रिय मगर संघको तेस्रो महाधिवेशन आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गरेको छु। pic.twitter.com/5NHA2P4Bdg
— Sher Bahadur Deuba (@SherBDeuba) August 15, 2025
साउन ३०, २०८२ शुक्रबार ११:४९:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।