प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच छुट सम्झौता

प्रभु बैंक र मेडिप्लस हस्पिटलबीच छुट सम्झौता

पोखरा : प्रभु बैंक र पोखरा महानगरपालिका-११, रानीपौवा स्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिबीच व्यावसायिक साझेदारी सम्झौता भएको छ।

साउन २९ गते एक समारोहका बीच हस्पिटलका तर्फबाट अध्यक्ष आनन्द भट्टराई र बैंकको तर्फबाट बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट/क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरूमा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

विशेष गरि, बैंकका कर्मचारी तथा ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजना अन्तर्गत यो छुट उपलब्ध गराइएको हो।
 

साउन ३०, २०८२ शुक्रबार ११:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।