बर्जर पेन्ट्स, द हिडन ट्रेजर र स्माइल ट्रेनको सहकार्य, ओठ-तालु फाटेका बालबालिकालाई हौसला

बर्जर पेन्ट्स, द हिडन ट्रेजर र स्माइल ट्रेनको सहकार्य, ओठ-तालु फाटेका बालबालिकालाई हौसला

काठमाडौं : बर्जर पेन्ट्सले मिस नेपालको आयोजक ‘द हिडन ट्रेजर’ र ‘स्माइल ट्रेन’सँगको सहकार्यमा ओठ-तालु फाटेका बालबालिकासँग एक विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा मिस नेपाल २०२५ का अन्तिम चरणका प्रतियोगीहरूले बालबालिकासँग अन्तरक्रिया गर्दै उनीहरूलाई हौसला प्रदान गरे।

यस वर्ष मिस नेपालमा थपिएको 'मिस कोस्मो' उपाधिमार्फत द हिडन ट्रेजरले स्माइल ट्रेनसँग सहकार्य सुरु गरेको हो।

स्माइल ट्रेन ओठ-तालु फाटेका बालबालिकाको निःशुल्क शल्यक्रिया र उपचारमा सहयोग गर्ने विश्वकै सबैभन्दा ठूलो संस्था हो।

यस सहकार्यमार्फत बर्जर पेन्ट्सले सुरक्षित र सुलभ क्लेफ्ट उपचारबारे जनचेतना जगाउने र हजारौं बालबालिकालाई आत्मविश्वासका साथ मुस्कुराउन प्रेरित गर्ने लक्ष्य राखेको छ।

आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बालबालिकाहरूले मिस नेपालका प्रतियोगीहरूसँग मिलेर चित्रकला र विभिन्न रचनात्मक गतिविधिमा भाग लिए। उनीहरूलाई विभिन्न उपहार तथा खानेकुरा पनि वितरण गरिएको थियो।

बर्जर पेन्ट्सले यस मानवीय कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेको छ। कम्पनीले ‘एक पटकमा एक मुस्कान, विश्वलाई परिवर्तन’ भन्ने स्माइल ट्रेनको मूल मन्त्रप्रति आफ्नो प्रतिबद्धता जनाएको छ।

साउन ३०, २०८२ शुक्रबार ०९:०८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।