इनड्राइभको ‘राइड मोर, विनमोर’ योजना, दश वटा ईभी स्कुटर र ३० वटा स्मार्टवाच जित्ने मौका

काठमाडौं : इनड्राइभले नेपालमा यात्रुहरूका लागि ‘राइड मोर, विन मोर’ नामक विशेष अफर सुरु गरेको छ। २७ साउनदेखि लागू भई १४ भदौसम्म सञ्चालन हुने यो योजनाअन्तर्गत इनड्राइभ एपमार्फत राइड बुक गर्ने प्रयोगकर्ताले आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्। कम्पनीका अनुसार यो योजनाले यात्रुहरूलाई उत्साहजनक पुरस्कार जित्ने असीमित मौका प्रदान गर्नेछ।
योजनाअन्तर्गत प्रयोगकर्ताले प्रत्येक तीनवटा राइड पूरा गर्दा एक टिकट पाउनेछन्, र टिकट सङ्ख्यामा कुनै सीमा नहुने भएकाले जति धेरै राइड, त्यति धेरै जित्ने अवसर हुनेछ। यस अफरमार्फत १० जना विजेताले याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर र ३० जना विजेताले अल्टिमा वाच सर्कल स्मार्टवाच प्राप्त गर्नेछन्।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रिजेन्टेटिभ रिता पोखरेलले यो योजना प्रयोगकर्ताले इनड्राइभप्रति देखाएको विश्वासका लागि आभार स्वरूप ल्याइएको बताइन्। उनले भनिन्, “इनड्राइभमा, हामी प्रयोगकर्तालाई आफ्नो चालक आफैं छनोट गर्ने र प्रत्येक सवारीका लागि उचित मूल्य निर्धारण गर्ने स्वतन्त्रता प्रदान गर्छौं। यही हाम्रो प्लेटफर्मको विशेषता हो— स्वतन्त्रता, निष्पक्षता र पारदर्शिता। ‘राइड मोर, विन मोर’ मार्फत नयाँ प्रयोगकर्तालाई पनि हाम्रो सेवाबाट प्राप्त हुने स्वतन्त्रताको अनुभव गर्न आमन्त्रण गर्दछौं।”
पुरस्कार योजनाको विजेता घोषणा २० भदौमा लक्की ड्रमार्फत गरिनेछ र त्यसको नामावली इनड्राइभको आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटोक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।
साउन २९, २०८२ बिहीबार २०:५७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।