अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक बीच विशेष छुट सम्झौता

काठमाडौं : अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्बन्धी सम्झौता भएको छ।

काठमाडौँ महानगरपालिका-११ बबरमहलमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका कर्मचारी, उनीहरूको परिवार तथा ग्राहकहरूले हस्पिटलका सेवा-सुविधामा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यो सम्झौतामा अन्नपूर्ण न्यूरो हस्पिटलतर्फबाट मेडिकल प्रशासक डा. शरद गजूरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहालले हस्ताक्षर गरेका छन् भने प्रभु बैंकतर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

हालै “बैंक अफ द इयर २०२३” को उपाधि पाएको प्रभु बैंक नेपालभर ३१२ शाखा, २८६ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित अत्याधुनिक प्रविधिमार्फत प्रतिस्पर्धी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंक फिनाकल इन्फोसिस इन्नोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भइसकेको छ।

साउन २९, २०८२ बिहीबार २०:४५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।