सीएनआईका सभापति टण्डन र राजदूत तुलाधरबीच भेटवार्ता, नेपाल-डेन्मार्क सम्बन्ध विस्तारमा छलफल

काठमाडौं : सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा ग्लोबल बिजनेस तथा डायस्पोरा समिति (सीएनआई) का सभापति साथै नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र डेन्मार्कस्थित नेपाली राजदूत महामहिम सुम्निमा तुलाधरबीच भेटवार्ता भएको छ।
भेटमा विदेशी प्रत्यक्ष लगानी भित्र्याउने रणनीति, उत्पादनशील क्षेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई प्रोत्साहन गर्न औपचारिक नेटवर्कको स्थापना, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा आध्यात्मिक रिट्रीटलाई नेपालका शीर्ष गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने विषयमा विस्तृत छलफल भएको थियो।
त्यसैगरी, डेन्मार्कमा बसोबास गर्दै आएका नेपाली प्रवासीको समस्या समाधान र हित संरक्षण, साथै डेन्मार्कमा नेपाली उत्पादनको प्रभावकारी प्रवर्द्धनका लागि योजनाबारे पनि दुवै पक्षबीच विचार-विमर्श भएको थियो।
भेटवार्तामा डेन्मार्कस्थित नेपाली दूतावास र सीएनआईबीचको संस्थागत सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा समेत छलफल भएको टण्डनले बताए।
साउन २९, २०८२ बिहीबार १६:०७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।