ग्रेटवाल मोटर्सले नेपालमा सार्वजनिक गर्‍यो विश्वप्रसिद्ध ब्रान्ड ‘ट्याङ्क’का दुई सिरिज

ग्रेटवाल मोटर्सले नेपालमा सार्वजनिक गर्‍यो विश्वप्रसिद्ध ब्रान्ड ‘ट्याङ्क’का दुई सिरिज

काठमाडौं : ग्रेटवाल मोटर्स नेपालले पहिलो संस्करणको ‘नाइमा मोबिलिटि एक्पो २०२५’ मा आफ्नो विश्वप्रसिद्ध ‘ट्याङ्क’ ब्रान्डको नेपाली बजारमा भव्य प्रवेश गराएको छ।

साहस, नवीनता र प्रिमियम एसयूभी निर्माणकलाको प्रतीक मानिने यो ब्रान्डअन्तर्गत कम्पनीले लक्जरी सात सिट भएको ट्याङ्क ५०० (पीएचइभी प्रविधिसहित) र दमदार पाँच सिट भएको ट्याङ्क ३०० ( एचइभी प्रविधिसहित) सार्वजनिक गरेको हो।

ट्याङ्क ब्रान्ड पहिलोपटक सन् २०२१ मा चेंगडु अटो शोमा प्रस्तुत गरिएको थियो र २०२२ मा चीनमा आधिकारिक रूपमा लन्च भएको हो। छोटो समयमै यसले इनडोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता बजारमा लोकप्रियता हासिल गरिसकेको छ। अहिले यो ब्रान्ड अफ–रोड प्रेमीहरूको नयाँ रोजाइ बनेको छ, विश्वभर करिब चार लाख युनिट बिक्री भइसकेको छ र पछिल्लो वर्षको तुलनामा बिक्रीमा ८७.५९ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीका अनुसार ट्याङ्क केवल सवारीसाधन मात्र नभई जीवनशैलीको प्रतीक हो, जसमा क्षमता, आराम र स्तरको अद्वितीय संयोजन पाइन्छ। नेपालमा आएको ट्याङ्क ३०० र ट्याङ्क ५०० दुवैमा दुई लिटर टर्बो पेट्रोल एइभी/ पीएचइभी भेरियन्ट, नौ-स्पिड अटोम्याटिक ट्रान्समिसन र उच्च पावरस्पेक उपलब्ध छन्।

ट्याङ्क ३०० एचइभी मा ३५१ पीएस पिक पावर र ६४८ एनएम टर्क रहेको छ भने ट्याङ्क ५०० पीएचइभीमा ४०८ पीएस पिक पावर र ७५० एनएम टर्क छ, जसले सहरका सडकदेखि हिमाली बाटोसम्म सजिलै जित्न सक्ने दाबी गरिएको छ।

नेपालमा ट्याङ्क ३०० एचइभी को प्रारम्भिक मूल्य रु. १ करोड ५९ लाख ९९ हजार तोकिएको छ भने ट्याङ्क ५०० पीएचइभीको मूल्य रु. २ करोड १५ लाख ९९ हजार रहेको छ। 

ट्याङ्क सिरिज नेपाली चालकहरूलाई लक्जरी, शक्ति र नवीनताको नयाँ अनुभव दिने उद्देश्यसहित आएको कम्पनीले जनाएको छ।

साउन २९, २०८२ बिहीबार १५:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।