इमाडोलमा खुल्यो ‘जुलीज केक्स एन्ड पेस्ट्रिज’को तेस्रो शाखा

इमाडोलमा खुल्यो ‘जुलीज केक्स एन्ड पेस्ट्रिज’को तेस्रो शाखा

काठमाडौं : २२ वर्षअघि एउटा सानो कोठाबाट सुरु भएको जुलीज केक्स एन्ड पेस्ट्रिज आज एक सफल ब्रान्डको रूपमा परिचित भएको छ।

सुरुवातमा श्रीमान्-श्रीमतीसहित जम्मा चार जनाले सञ्चालन गरेको यो व्यवसाय अहिले धेरैको रोजगारीको स्रोत बनेको छ। ‘ग्राहकको चाहनाअनुसार गुणस्तरीय उत्पादन दिन पाउँदा मलाई ठूलो सन्तुष्टि मिल्छ,’ जुली भन्छिन्। बजारमा बेकरी र केक पसलहरूको गुणस्तर, मूल्य र सरसफाइमा सरकारी निकायको कडा अनुगमन हुनुपर्नेमा पनि उनको जोड छ।

महँगा होटलका उत्पादन सबैको पहुँचमा नपुग्ने भएकाले जुलीज केक्सले सबैका लागि सुलभ मूल्यमै उत्कृष्ट स्वाद दिने लक्ष्य राखेको छ। कुपण्डोलस्थित मुख्य आउटलेट राम्रैसँग चलिरहेको छ भने, माग बढेसँगै खोलेको लैनचौर शाखा भने कोभिड-१९ महामारीका कारण बन्द गर्नुपरेको थियो।

बिहिबारदेखि जुलीजको तेस्रो शाखा इमाडोलमा सञ्चालनमा आएको छ। बजारको विस्तार, ग्राहकको बढ्दो माग र फ्याक्ट्री नजिकै भएकाले ताजा र छिटो सेवा दिन यो शाखा खोलिएको जुली बताउँछिन्। होम डेलिभरी सुविधा उपलब्ध भए पनि धेरै ग्राहक प्रत्यक्ष पसलमै आएर अर्डर गर्ने भएकाले त्यसबाट प्रतिक्रिया लिन सजिलो हुने उनको अनुभव छ।

जुलीज केक्स एन्ड पेस्ट्रिजले फुडमाण्डु, मुन्चा, ठमेल डटकमजस्ता अनलाइन प्लेटफर्ममार्फत पनि वितरण गर्दै आएको छ। कम्पनीले व्यवसायलाई थप व्यवस्थित रूपमा ई-कमर्स क्षेत्रमा अघि बढाउने योजना बनाएको छ। 

साउन २९, २०८२ बिहीबार १५:०९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।