‘टिकटक क्विन’ उषा उप्रेती फिल्म ‘आ बाट आमा’मा अनुबन्धित

काठमाडौं : ‘टिकटक क्विन’का रूपमा परिचित उषा उप्रेती नयाँ नेपाली फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएकी छन्। चन्द्र पन्तको निर्देशनमा बन्न लागेको यस फिल्ममा उनी मुख्य भूमिकामध्ये एकमा देखिनेछिन्।
फिल्ममा यसअघि नै अभिनेता पल शाह, सदाबहार अभिनेत्री विपना थापा, सिमरन पन्त र दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत फाइनल भइसकेका छन्।
बुधबार निर्माण टिम र उषाबीच औपचारिक सम्झौता भएको हो। यद्यपि, फिल्ममा उनले निर्वाह गर्ने चरित्रबारे भने खुलाइएको छैन।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी भदौबाट सुरु गर्ने तयारी छ। अन्य कलाकार तथा प्राविधिकको छनोट कार्य जारी रहेको र छिट्टै टुङ्गो लगाइने निर्माण पक्षले जनाएको छ।
फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले खरिद गरेको छ। निर्माण कम्पनी र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल तथा रत्न श्रेष्ठबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि तय गरिसकेको छ। यो फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।
साउन २९, २०८२ बिहीबार १३:००:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।