सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ।
बुधबारको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले बढ्दा चाँदीमा १५ रुपैयाँ बढोत्तरी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख ९६ हजार सात सय रुपैयाँ थियो।
त्यसैगरी चाँदी हिजो तोलाको दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भएकोमा आज तोलाको दुई हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावले नेपाली बजारमा प्रभाव पार्ने गर्छ।
साउन २९, २०८२ बिहीबार ११:०३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।