काठमाडौं प्रहरीमा आधाभन्दा बढी मुद्दा बैंकिङ कसुरका

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता हुने आधाभन्दा बढी मुद्दा बैंकिङ कसुरसँग सम्बन्धित रहेको पाइएको छ।
परिसरका प्रमुख विश्व अधिकारीका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका कुल १२ हजार ९१५ मुद्दामध्ये ६ हजार ५५३ वटा बैंकिङ कसुरका छन्, जुन कुल मुद्दाको करिब ५१ प्रतिशत हो।
परिसरमा दैनिक औसतमा ३५ वटा नयाँ मुद्दा दर्ता हुने गरेका छन्, जसले प्रहरीमाथिको कार्यबोझ बढेको स्पष्ट हुन्छ।
प्रहरीका अनुसार बैंकिङ कसुरका साथै सहकारी ठगी, अनुचित लेनदेन (मिटरब्याज), विद्युतीय कसुर, साइबर अपराध र क्रिप्टोकरेन्सीजस्ता अभौतिक मुद्रासम्बन्धी अपराधका घटनामा पनि उल्लेख्य वृद्धि भएको छ।
प्रमुख अधिकारीले जानकारी दिएअनुसार गत वर्ष सहकारी ठगीका २६ तथा ज्यान मार्ने उद्योगका १४० मुद्दा दर्ता भएका थिए। आर्थिक अपराधको बढ्दो प्रवृत्तिले अनुसन्धानमा नयाँ चुनौती थपिएको उनले बताए।
साउन २९, २०८२ बिहीबार ०९:१८:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।