‘क्लियर स्याम्पु’को सहकार्यमा इङ्लिस प्रिमियर लिग अब कान्तिपुर म्याक्समा

‘क्लियर स्याम्पु’को सहकार्यमा इङ्लिस प्रिमियर लिग अब कान्तिपुर म्याक्समा

काठमाडौं : इङ्लिस प्रिमियर लिग इपिएल प्रसारणका लागि कान्तिपुर म्याक्स र युनिलिभर नेपाल लिमिटेडबीच प्रायोजन सम्झौता भएको छ। 

सम्झौतामा कान्तिपुर मिडिया ग्रुपका बिजनेस हेड सागर केसी र युनिलिभर नेपालका सीएफओ आयुस शर्माले हस्ताक्षर गरे। यस सहकार्यअन्तर्गत प्रत्यक्ष प्रसारणको मुख्य प्रायोजक युनिलिभरको ‘क्लियर’ स्याम्पु हुनेछ। 

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कान्तिपुर म्याक्ससँगको सहकार्यलाई गर्वको विषय बताउँदै यसले नेपाली दर्शकलाई विश्वस्तरीय फुटबलको रोमाञ्च घरमै पस्किने बताए।

युनिलिभर नेपालले आफ्नो प्रमुख हेयर केयर ब्रान्ड ‘क्लियर’ मार्फत लाखौँ नेपाली फुटबल प्रेमीलाई इङ्लिस प्रिमियर लिग (इपिएल) को नजिक ल्याउने नयाँ सहकार्यको घोषणा गरेको हो। यो साझेदारीलाई युनिलिभरको फुटबलप्रतिको दीर्घकालीन प्रतिबद्धता र उपभोक्तासँग अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने लक्ष्यको रुपमा हेरिएको छ। 

युनिलिभर विश्वव्यापी रूपमा फुटबलसँग लामो समयदेखि जोडिएको छ। यसको पर्सनल केयर डिभिजन सन् २०२७ सम्मका लागि फिफाको आधिकारिक ग्लोबल पार्टनर हुनेछ, जसमा सन् २०२६ को फिफा विश्वकप पनि पर्छ। कम्पनीको विश्वास अनुसार, खेलकुदले समुदायलाई एकजुट गर्न र आत्मविश्वास जगाउन महत्वपूर्ण भूमिका खेल्छ।

यो सहकार्यको केन्द्रमा युनिलिभरको प्रमुख हेयर केयर ब्रान्ड क्लियर रहनेछ। फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र एरलिङ हालान्डसँगको सहकार्यमार्फत क्लियरले आत्मविश्वास र प्रदर्शनको सन्देश विश्वव्यापी रूपमा फैलाउँदै आएको छ। इपिएलसँगको यो साझेदारीपछि नेपाली दर्शकहरूले पनि कान्तिपुर मिडिया ग्रुपका टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत क्लियरको उपस्थितिलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले भने, ‘फुटबल केवल खेल मात्र होइन, यो साझा भावना हो जसले सीमाना नाघेर मानिसहरूलाई जोड्छ। कान्तिपुर म्याक्ससँगको सहकार्यमार्फत हामी नेपाली दर्शकहरूका लागि इपिएलको रोमाञ्चकता ल्याउन पाउँदा गर्व गर्छौं।’ 

कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वरले भने, ‘युनिलिभर नेपाल र क्लियरसँगको सहकार्यबाट हामी नेपाली दर्शकलाई विश्वस्तरीय फुटबल मनोरञ्जन ल्याउन पाउँदा उत्साहित छौं।’ 

साउन २८, २०८२ बुधबार २०:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।