नेरुडे र उपकार लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

नेरुडे र उपकार लघुवित्त नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा आबद्ध

काठमाडौं : नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा अब नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड पनि आबद्ध भएका छन्।

नेरुडे लघुवित्तमा करिब १ हजार १ सय कर्मचारी छन् भने उपकार लघुवित्तमा एक सयभन्दा बढी कर्मचारी कार्यरत छन्। कोषको यो योजना संगठित संस्था तथा त्यहाँ कार्यरत कर्मचारीका लागि लक्षित छ, जसमा योगदानमा आधारित वा गैर–योगदानमा आधारित रुपमा उपदान कोष व्यवस्थापन गर्न सकिन्छ।

यसअघि नै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सो योजनामा आवद्ध भइसकेको छ। कोषले २०५५ सालदेखि सुरु गरेको यस योजनाअन्तर्गत विभिन्न संस्थाका कर्मचारी तथा कामदारको उपदान र पेन्सन रकम संकलन गरी लगानी गर्ने र निवृत्तिपछि भुक्तानी गर्ने व्यवस्था छ।

हाल यो योजनामा १ हजार १५० संगठित संस्था र करिब ३३ हजार कर्मचारी सहभागी छन्। सहभागीहरूले आवास कर्जा, घर मर्मत, पुनर्संरचना, पुनर्तालिकीकरण, घर सजावट लगायतका प्रयोजनका लागि कर्जा सुविधा पाउनेछन्। साथै, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक आपत्कालीन अवस्थामा पनि सरल कर्जा सुविधा उपलब्ध गराइने व्यवस्था छ।

साउन २८, २०८२ बुधबार १९:४६:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।