‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ साउन २९ गतेदेखि निष्कासन हुँदै

काठमाडौं : एनआईसी एशिया क्यापिटल लिमिटेडले साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ सार्वजनिक गर्दै छ।
यो योजनाअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ। कुल १० करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ५० लाख इकाई) बीजपूँजीका रूपमा योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई आमनिवेशकका लागि खुला गरिनेछ।
साउन २९ गतेदेखि भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। पर्याप्त आवेदन नपरेमा अवधि भदौ १२ गतेसम्म लम्ब्याइनेछ। लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्म खरिदका लागि आवेदन दिन पाउनेछन्।
बिक्री अवधिमा कम्तीमा ५० प्रतिशत इकाईका लागि निवेदन आएमा बाँडफाँट गरिनेछ, तर न्युनतम बिक्री लक्ष्य नपुगिएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिनेछ।
यो योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहनेछ।
साउन २८, २०८२ बुधबार १९:३६:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।