‘बर्थ डे पार्टी’ बाट समातिएका चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

‘बर्थ डे पार्टी’ बाट समातिएका चक्रे मिलनसहित १९ जनालाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं : जन्मदिनको पार्टी गरिरहेको अवस्थामा समातिएका गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन भनिने मिलन गुरुङलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश खिमानन्द भूषालको इजलासबाट जारी आदेश अनुसार मिलनसहित अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएका १९ जनालाई नै धरौटीमा रिहा गर्न निर्देशन दिइएको हो।

अदालतका रजिस्ट्रार तीर्थराज भट्टराईका अनुसार मिलनको धरौटी रकम ३० हजार रुपैयाँ तोकिएको छ। मिलनसहित १९ जनाविरुद्ध मंगलबार अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको थियो।

अदालतले चक्रेसहित दुई जनालाई ३० हजार र अन्य १७ जनाको हकलाई भने १० र २० हजारको दरले धरौटी तोकेको छ।

१३ दिन हिरासतमा बसेका १८ जना आजै धरौटी बुझाएर छुट्ने तयारीमा रहेका छन्। चक्रे मिलन भने धरौटी बुझाएपनि आजै नछुट्ने देखिएको छ। ​उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले भक्तपुर लगिने बताइएको छ। 

सम्बन्धित समाचार 

साउन २८, २०८२ बुधबार १८:००:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।