‘भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन सरकार किन डरायो?’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारले आनाकानी गर्नुले थप आशङ्का उब्जाएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमाथि प्रश्न गरे, ‘आखिर कसले रोक्यो छानबिन समिति बनाउन?’
उनले निर्दोष भए सरकार कुनै पनि प्रकारको छानबिनका लागि तयार हुनुपर्ने तर्क गरे।
सांसद सिंहले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ वा सुशीला कार्कीजस्ता निष्पक्ष व्यक्तिको नेतृत्वमा समिति बनाउन प्रस्ताव गर्दै भने, ‘यदि कुनै गल्ती गरिएको छैन भने जसको अध्यक्षतामा जस्तोसुकै समिति बनाए पनि के फरक पर्छ र?’
उनले आफ्नो अडान स्पष्ट पार्दै समिति गठन नभएसम्म बिनाभत्ता बैठक बहिष्कार जारी राख्ने चेतावनीसमेत दिएका छन्।
साउन २८, २०८२ बुधबार १४:०३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।