सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो।
यस्तै चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
साउन २८, २०८२ बुधबार १२:३८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।