नेपाली महिला क्रिकेटलाई ६० लाखको प्रायोजन खोजिँदै, क्यानद्वारा प्रस्ताव आह्वान

नेपाली महिला क्रिकेटलाई ६० लाखको प्रायोजन खोजिँदै, क्यानद्वारा प्रस्ताव आह्वान

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजकको प्रस्ताव आह्वान गरेको छ।

क्यानले एक सूचना जारी गर्दै इच्छुक व्यावसायिक संस्थाहरूसँग कम्तीमा वार्षिक ६० लाख रुपैयाँको प्रायोजनका लागि प्रस्ताव मागेको हो।

यो प्रायोजन सम्झौता प्रारम्भमा तीन वर्षका लागि हुनेछ, जसलाई पछि आपसी समझदारीमा नवीकरण गर्न सकिनेछ।

सफल प्रायोजकको लोगो (ब्रान्ड) महिला टोलीको जर्सीको अगाडिको भागमा प्रमुखताका साथ राखिनेछ।

प्रस्ताव पेश गर्न चाहने संस्थाहरूले अगस्ट ३० को बिहान ११ बजेभित्र आफ्नो आवेदन बुझाइसक्नुपर्नेछ।

आवेदनका साथ ३० हजार धरौटी र आवश्यक कागजातहरू (कम्पनी दर्ता, कर चुक्ता, इजाजतपत्र आदि) अनिवार्य रूपमा संलग्न गर्नुपर्ने क्यानले जनाएको छ।

साउन २८, २०८२ बुधबार १०:०७:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।